एनपीएलका लागि नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवन स्वदेश फर्किए

खेलकुद

हालखबर मिडिया डेक्स ,काठमाडौं
मंसिर २४ सोमबार

नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवन स्वदेश फर्किएका छन् ।

धवन हिजो बेलुका एअर इन्डियामार्फत स्वदेश फर्किएका कर्णाली याक्सले जनाएको छ । धवनले सगरमाथाको आधार शिविर अवलोकन गरेका छन् । यसअघि धवनले एनपीएलका दौरानमा पशुपतिनाथ दर्शन गरेका थिए । एनपीएलमा कर्णालीबाट चार खेल खेलेका धवनलेले एक अर्धशतकसहित १ सय ३६ रन बनाएका छन् ।

भारत फर्किएका उनले नेपालमा एनपीएल खेल्दा राम्रो अनुभव भएको बताएका छन् । धवनले चार खेलका लागि नै कर्णालीसँग अनुबन्ध गरेका थिए ।

यसैबीच एनपीएलमा आज कुनै पनि खेल छैन । भोलि चितवन राइनोज र लुम्बिनी लायन्स तथा कर्णाली याक्स र पोखरा एभेन्जर्स खेल्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *