रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित, सभापति रामहरि खतिवडाले सुनाए निर्णय

News


हालखबर मिडिया डेक्स,काठमाडौं
पुस–५, मंगलबार ।


सहकारी बचत अपचलन, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा अदालतमा दर्ता भएपछि प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा परेका रास्वपा सभापति रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित भएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबराको बैठकमा सभापति रामहरि खतिवडाले लामिछाने समितिको सदस्यबाट निलम्बित भएको पत्र पढेर सुनाएका हुन् ।

निलम्बनविरुद्ध रास्वपा अदालत जाने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *