हालखबर मिडिया डेक्स,काठमाडौं
पुस–११ बिहिबार ।

अमेरिकाले बाल्ड एगल नामको गिद्धलाई राष्ट्रिय चराको मान्यता दिएको छ ।

क्रिसमसको दिनमा राष्ट्रपति जो बाइडेनले औपचारिक मान्यता दिने कुरालाई अन्तिम हस्ताक्षर गरेका छन् ।

१७८२ बाट अमेरिकी सरकारी दस्ताबेजमा यो गिद्ध प्रयोग हुँदै आएको छ भने सन १९४० बाट मार्न र बिक्री गैर कानुनी छ ।

बेलायती विश्व च्यानल बीबीसीका अनुसार अमेरिका स्थापनाका एक पिता बेन्जामिन फ्राङ्क्लिनले ‘खराब नैतिक आचरण’मा जोडिने चरा भएकोले बनाउन असहमत थिए ।

तर, बलियो, लामो आयु भएको बहादुरीको र स्वतन्त्रताको प्रतीक भएकोले बाल्ड एगल भनिने गिद्धलाई नै मान्यता दिनुपर्ने पक्षमा सदन थियो । बाल्ड एगल उत्तर अमेरिकामा मात्र पाइने गिद्ध हो ।