हालखबर मिडिया न्युज डेक्स,काठमाडौं
माघ ७ सोमबार ।

खो–खो विश्वकपको पुरुषतर्फ पनि नेपाल उपविजेता बनेको छ ।

भारतको नयाँदिल्लीमा भएको फाइनल खेलमा घरेलु टोलीसँग ५४-३६ अंकले पराजित हुँदै नेपाल उपविजेतामा सिमित भएको हो ।

पहिलो टर्न २६–० ले पछि परेको नेपाल दोस्रो टर्नमा १८ अंक जोड्दै अग्रतालाई घटाएको थियो । तेस्रो टर्नमा भारतले अग्रता बढाउदै ५४-१८ पुर्‍याउँदा चौथो टर्नमा नेपालले थप १८ अंकमात्र जोड्न सक्यो ।

यसअघि फाइनलमा भारतसँग ७८-४० अंक्ले पराजित हुँदा महिलातर्फ पनि नेपाल उपविजेता बनेको थियो ।