अञ्जिला बनिन् युरोपमा खेल्ने दोस्रो नेपाली फुटबलर

खेलकुद मुख्य समाचार समाचार


हालखबर मिडिया डेक्स,काठमाडौं
माघ १३ आइतबार ।


सावित्री भण्डारी साम्बापछि नेपाल राष्ट्रिय महिला टीमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बा युरोपको क्लबबाट व्यवसायिक फुटबल खेल्ने दोस्रो नेपाली खेलाडी बनेकी छन् ।

उनलाई ग्रिसको माथिल्लो डिभिजनको निस अट्रोमिटौले शनिबार डेब्यु गराएको छ । भारत र पाकिस्तानमा पनि व्यवसायिक फुटबल खेलिसकेकी अञ्जिलाले अब युरोपमा आफ्नो व्यवसायिक फुटबललाई अगाडि बढाउनेछिन् । उनी नेपालमा भने एपीएफसँग आवद्ध छिन् ।

ग्रिस ओमेन सुपर लिगमा १२ टोली रहेका छन् । अञ्जिलाको टीम अहिले तालिकाको नवौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *