अनुज पछाई पोखरा ।
फागुन ५,सोमबार ।
आगामी बैशाख १७ गते देखि जेठ २६ गते सम्म पोखरामा हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञबारे पोखरा महानगरपालिका वार्ड नं. ६ का लब्धप्रतिष्ठित व्यक्तिहरुले ड्यामसाईड क्षेत्रमा कुनै हालतमा पनि कोटिहोम हुनुपर्ने आवाज राखेका छन् । सोमबार आयोजक श्री मानव सेवा फाउण्डेसन नेपालले वार्ड नं. ६ मा रहेका लब्धप्रतिष्ठित व्यक्तिहरुसँग कोटिहोमबारे एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै स्थानियहरुले कोटिहोम ड्यासाइड क्षेत्रमा आयोजना हुँदा ड्यामसाइड क्षेत्रमा रहेका होटल व्यवसायि तथा पर्यटन व्यवसायिलाई भरपुर फाइदा हुनुको साथै सकारात्मक संस्कारको पनि विकास हुने तर्क गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा आफ्नो प्रतिक्रिया राख्दै विश्व हिन्दु महासंघ पोखरा महानगरपालिका–६ का अध्यक्ष तुलसी दाहालले कोटिहोम महायज्ञको विषयमा अनावस्यक प्रचार गर्नु हिन्दु धर्मप्रतिको प्रहार रहेको बताएका थिए । “कोटिहोमको विषयमा तथ्यहिन टिप्पडी गर्नु हाम्रो लागि अन्तन्तै दुखद कुरा हो ।” उनले भने –“कोटिहोम आयोजना हुँदा समग्र पोखरालाई विश्व सामू चिनाउन सहयोग हुन्छ । त्यसैले कोटिहोम कुनै हालतमा हुनै पर्छ । हाम्रो शतप्रतिशत समर्थन छ ।”
त्यस्तै अन्तरक्रियामा आफ्नो प्रतिकृया राख्दै लिलबारी टोल बिकास समितीका अध्यक्ष टिकाराम परियालले पनि कोटिहोम ड्यामसाइडमा हुनुपर्ने कुरा राखेका छन । उनले भनेका छन –“यो हाम्रो लागि ठूलो अवसर हो । कोटिहोमले हामी सबैलाई फाइदै फाइदा छ । यो रोक्न खोज्ने,छेक्न खोज्ने प्रयास कतैबाट नहोस् । कोटिहोम हुनै पर्छ,हुन्छ । हाम्रो पूर्ण साथ र समर्थन छ । ”
कार्यक्रममा पोखरा महानगरपालिका वार्ड नं. ६ मा रहेको महिला समूहको सञ्जाल,महिला सञ्जालकी अध्यक्ष बबिता मल्ल पनि कोटिहोम हुने कुराले उत्साहित भएको बताएकी छन् । सरसफाईको क्षेत्रलाई विशेष ध्यानमा राखेर कोटिहोम सञ्चालन गर्दा महिला समूहको पूर्ण साथ र समर्थन रहेको पनि उनले बताएकी छन् ।
त्यस्तै पोखरा युवा परिषदका अध्यक्ष डिफान भुजेलले पनि दिनदाहाडै लागुऔषधमा फसेका र दिनरात कन्सटले ध्वनी प्रदुषण गरेर समाजमा विकृती फैलिदा कसैको ध्यान नजाने तर यति ठूलो धार्मिक कार्यमा बाधा पुराउने कार्य कुनै हालतमा सैय नहुने बताएका छन् । कोटिहोमको हर हिसावकिताब देखि लिएर सबै पक्षलाई पार्दशी गरेर कोटिहोम गर्दा आफ्नो समर्थन रहेको कुरा बताएका छन् । उनले अन्तरक्रियामा भनेका छन् – “मलाई लाग्छ,यो कोटिहोमले निरन्तर घाटामा रहेका होटेल व्यवसायिलाई माथी उकास्ने अनि संस्कार र सस्कृती अनि धर्मको उजागर गर्ने सुनौलो अवसर हो । ”
त्यस्तै होटल संघ पोखराका सदस्य विवेक गौतमले पनि पोखराको लेकसाइडमा हुन लागेको कोटिहोमले सबैभन्दा खुशी होटल व्यबसायि रहेको बताएका छन् । त्यसैले कोटिहोम हुनुपर्ने उनको तर्क थियो । त्यस्तै कार्यक्रममा उपस्थित भएका दर्जनौ स्थानियहरुले कोटिहोम कुनै हालतमा हुनुपर्ने बताएका छन् ।
अन्तरक्रिया कार्यक्रममा कोटिहोम महायज्ञ बारे कोटिहोमका संकल्पकर्ता वालयोगेश्वर विजय श्री कृष्ण मूर्ती जी महाराजले जानकारी दिएका थिए । कार्यक्रममा वार्ड नं. का सदस्य पवित्रा थापा, स्थानिय बुद्धिजीवी तथा धर्मप्रेमी गीरीराज अधिकारी,वार्ड स्थित आमा समूहका पधादिकारी,होटलसंघका प्रतिनिधी,टोल बिकास समितीका पधादिकारी लगायको सहभागीता रहेको थियो ।