फागुन ८ ,पोखरा ।
आगामी बैशाख १७ गते देखि जेठ २६ गतेसम्म पोखराको लेकसाइडमा आयोजना हुने ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ को पावन अवसरमा अरबौ रामनाम लेखिने भएको छ ।
आयोजक मानव सेवा फाउण्डेसन नेपालले दिएको जानकारी अनुसार देशभरका लाखौं भक्तजनहरुलाई पुस्तिका वितरण गरि अरवौ रामनाम लेखिने छ । आयोजकले निःशुल्क रुपमा रामनाम पुस्तिका वितरण गर्ने छ । देशभरका भक्तजनहरुले रामनाम पुस्तिकामा रामनाम लेखिसकेपछि आयोजकले सङ्कलन गर्ने छ । त्यसपश्चात भक्तजनहरुको संकल्पलाई पूर्ण होस् भनि ३ सय भन्दा बढी ब्राह्मण गुरुद्धारा संकल्प पूर्ण होस् भनि पुजन गरिने छ ।