फागुन ११ गते आइतबार ।
महाशिवरात्री नजिकिदै गर्दा मानव सेवा फाउण्डेसन नेपालले पर्यटकिय नगरी पोखरामा रहेका विभिन्न मठ मन्दिर सरसफाई तथा मन्दिरहरुमा रंगरोगन गर्ने कार्य गरिरहेको छ । देशका विभिन्न स्थानमा पुगेर नियमित सरसफाई कार्यक्रमको अभियान नै सञ्चालन गर्दै आएको मानव सेवा फाउण्डेसनले अहिले पोखरामा रहेका मन्दिरहरुमा सरसफाईको कार्य गर्दै आइरहेको छ ।
केहि समयपछि पोखरामा नै ऐतिहासिक गण्डकी कोटिहोम महायज्ञको तयारीमा रहेको फाउण्डेसनले पोखरा महानगरपालिका वार्ड नं. ६ सिमपानीमा रहेको ॐ शिवमणी कैलाशधाम मन्दिर परिसर सरसफाई संगै रंगरोगनको कार्य पनि गरेको मन्दिरका अध्यक्ष गिरीराज अधिकारीले जानकारी दिएका छन् ।
त्यस्तै बैदाममा रहेको मुक्तेश्वर शिव मन्दिरमा पनि सरसफाई संगै रंगरोगनको कार्य गरेको छ । त्यस्तै फाउण्डेसनले पोखराका अन्य धार्मिक तथा सार्वजनीक स्थलहरु पनि सरसफाई गर्दै आइरहेको छ ।