फागुन २१,बुधवार पोखरा
लामो समयदेखी समाजिक तथा धार्मिक क्षेत्रमा काम गर्दै आएको श्री मानव सेवा फाउण्डेसन नेपाललाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्धारा मानार्थ सदस्यताको प्रमाणपत्र प्रदान गरिएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको विधान २०५८ को (आठौं संशोधन २०८१,पोखरा सहित) परिछेद ३ दफा ९ को उपदफा ९.१ (ख) बमोजिम फाउण्डेसनलाई मानार्थ सदस्यता प्रदान गरिएको हो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौं राष्ट्रिय रनिङ शिल्ड दोहोरी प्रतियोगीता २०८१ को अवसरमा भरतपुर चितवनमा अध्यक्ष रीता थापाले प्रमाणपत्र हस्तान्तरण गरेकी हुन् ।
फाउण्डेसनले आगामी २०८२ बैशाख १७ गते देखी जेठ २६ गते सम्म पोखराको लेकसाइडमा ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको आयोजना गरेको छ ।