गण्डकी-कोटिहोम-पोखराको बारेमा अग्निचक्र मासिकको विशेषाङ्क प्रकाशित

News

यज्ञशिरोमणि बालयोगेश्वर विजयश्री कृष्णमूर्ति जी महाराजज्यूले संकल्प गर्नुभएको श्री गण्डकी कोटिहोम पोखरा-१७, बिरौटाको सम्पूर्ण विषयवस्तु समेटिएको “अग्निचक्र राष्ट्रिय मासिक- कोटिहोम-महायज्ञ-विशेषाङ्क २०८२” प्रकाशित भएको छ | सभामुखज्यूले कोटिहोमलाई दिनुभएको शुभकामना समेत अग्निचक्रमा प्रकाशित भएको छ |

पोखरा महानगरपालिकाका प्राय: सबै वडा अध्यक्षज्यूहरु, समाजसेवीहरु, उद्योगी-व्यवसायीहरु, धार्मिक संघ-संस्था लगायत गण्डकी प्रदेश सभाका सम्पूर्ण माननीय सदस्यज्यूहरुले समेत गण्डकी कोटिहोमलाई शुभकामना दिनुभएको प्रमाण अग्निचक्रमा छापिएको छ | कास्की बाट निर्वाचित प्रतिनिधि सभाका केन्द्रिय सांसदहरुको पनि अन्तर्वार्ता र शुभकामना समेत अग्निचक्रमा पढ्न पाइन्छ |

यसपटक हामीले अग्निचक्रमा प्रकाशित प्रमुख पेजहरुलाई यहाँ प्रस्तुत गरेका छौं | हेर्नुहोस्- “अग्निचक्र राष्ट्रिय मासिक- कोटिहोम-महायज्ञ-विशेषाङ्क २०८२”

Leave a Reply

Your email address will not be published. Required fields are marked *