हजारौं भक्तजनहरुको उपस्थितीमा वृहत शोभा कलश यात्रा सम्पन्न

News


पशुपति क्षेत्रमा श्रावण १ (आज) बाट प्रारम्भ भएको ऐतिहासिक श्री पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञ २०८२ को उद्घाटन पूर्व वृहत शोभा कलश यात्रा सम्पन्न भएको छ ।
पशुपतिको सुमार्गी भवन अगाडी रहेको पार्किङ क्षेत्रबाट प्रारम्भ भएको कलश यात्रा पशुपति रुद्रगारेश्वर हुदै मनकामना पूर्ति मोचन विराट ज्ञान महायज्ञको प्रमुख पण्डा स्थल हंसमण्डपमा पुगेर सम्पन्न भएको हो ।
महायज्ञ अवधिभर ५१ सय कलश हरुलाई दैनिक पूजन गर्ने कार्यक्रम रहेको छ । शोभा कलशयात्रामा हजारौं भक्तजन ज्यूहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *