दीपा श्री निरौलाले गरिन आश्रम निर्माणको लागि ५१ हजार सेवा दान

News


अनुज पछाई,काठमाडौं ।


नेपाली चलचित्र क्षेत्रकी निर्देशक,निर्माता, अभिनेत्री तथा हाँस्यकलाकार दीपाश्री निरौलाले आश्रम निर्माणका लागि ५१ हजार दान सेवा अर्पण गरेकी छन् । सनिवार पशुपतिमा जारी ऐतिहासिक श्री पशुपति मनकामना पूर्ति तथा संकट मोचन विराट ज्ञान महायज्ञमा दर्शन गर्नका लागि परिवार सहित पुगेकी निरौलाले मामाघर आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि ५१ हजार दान सेवा अर्पण गरेकी हुन् ।

मानव सेवा फाउण्डेसन नेपालले आयोजना गरेको उक्त महायज्ञ गत श्रावण १ गते देखी सञ्चालन भैरहेको छ । महायज्ञ आगामी भाद्र २१ गतेसम्म सञ्चालन हुने छ । फाउण्डेसनले मामाघर आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रम सञ्चालन गर्दै आएको छ । अहिले भाडाको घरबाट सञ्चालनमा रहेका आश्रम आफ्नै भवन निर्माणमा सहयोगार्थ उक्त महायज्ञ सञ्चालन गरिएको हो ।
महायज्ञमा आफ्नो बुवासँग दर्शनका लागि पुगेकी निरौलाले स्वर्गीय आमाको सम्झनामा ५१ हजार दान सेवा अर्पण गरेकी हुन् । त्यस्तै निरौलाले महायज्ञको सफलताको प्रगतीको कामना पनि गरेकी छन् ।

रेडियो नाटकबाट आफ्नो अभिनय सुरु गरेकी उनी तीतो सत्य नामक हाँस्य टेलिचलचित्रमा अभिनय गर्दै छक्का पन्जा (चलचित्र) निर्देशन गरेकी हुन् जुन् सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्रहरूको सूचीमा पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *