काठमाडौँ
२०८२/१२/०२
वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो सात दिनमा नेपालका लागि ५६ लाख किलोभन्दा बढी एलपी ग्यास आयात भएको तथ्यांक सार्वजनिक भएको छ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार भारतबाट उक्त परिमाणमा ग्यास नेपाल भित्रिएको हो। यति ठूलो परिमाणमा ग्यास आयात हुँदा पनि बजारमा भने ग्यास अभावको गुनासो जारी रहेको छ।
उपभोक्ताहरूले विभिन्न स्थानमा ग्यास सिलिन्डर पाउन कठिन भएको र वितरणमा समस्या देखिएको बताएका छन्। ग्यास आयात भइरहेको भए पनि बजारमा किन अभाव देखिएको भन्ने विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण हुन थालेको छ।
