पूर्वमन्त्री आलेलाई विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान

News खेलकुद मनोरन्जन मुख्य समाचार राजनीति शिक्षा समाचार

हालखबर मिडिया डेक्स,काठमाडौं
पुस–२०,सनिवार ।

सांसद एवं पूर्वमन्त्री प्रेम आलेलाई विश्व हिन्दु महासङ्घद्वारा प्रदान गरिने विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान गरिएको छ । विश्व हिन्दु महासङ्घद्वारा भारतको नयाँ दिल्लीस्थित खाटु श्याम दिल्ली धाममा आयोजित एक विशेष समारोहमा उनलाई हिन्दु धर्म संरक्षण एवं संवर्द्धनका अगुवा कालीबाबा शंकराचार्यसहित विश्व हिन्दु महासङ्घका पदाधिकारीहरूले सो अवार्ड प्रदान गरेका हुन् ।

विश्व हिन्दु महासङ्घले यो अवार्ड हरेक पाँच वर्षमा विश्वका विभिन्न देशका समाजसेवी, राजनीतिज्ञ, धर्मगुरु तथा सनातन हिन्दु धर्मको संरक्षण र संवर्द्धनमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिहरूलाई प्रदान गर्ने गर्दछ ।

हिन्दु धर्मको संरक्षण र संवर्द्धनका साथै सनातन हिन्दु धर्मावलम्बीहरूको सेवा तथा संरक्षणमा विशिष्ट योगदान गरेकाले पूर्वमन्त्री आलेसहित भारत तथा विश्वका विभिन्न देशका वरिष्ठ व्यक्तित्वहरूलाई यो अवार्ड प्रदान गरिएको हो ।

शुक्रबार आयोजित सो विशेष समारोहमा विश्वहिन्दू महासङ्घका अन्तर्राष्ट्रिय पदाधिकारीहरू, भारतका वरिष्ठ समाजसेवीहरू, नेपालका पूर्व उपराष्ट्रपति परमानन्द झासहित विभिन्न देशका वरिष्ठ प्रतिनिधिहरूसहितका विशिष्ट अतिथिहरूको उपस्थितिमा सो अवार्ड प्रदान गरिएको हो ।

ल्बदष् िदबलप
सो अवार्ड प्राप्त गर्ने अन्य व्यक्तित्वहरूमा बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनक, भारतका प्रसिद्ध समाजसेवीहरू एसएस अग्रवाल र निता अम्बानी, प्रसिद्ध भारतीय उद्योगपति गीताञ्जली कर्लोस्कर, अमेरिकाका स्कोन धर्म गुरु स्वामी जय पतका, भारतका प्रसिद्ध समाजसेवी भगवान गंगाराम पाण्डे, भारतका प्रसिद्ध समाजसेवी राजश्री बिरला, श्रीलङ्काका बौद्ध धर्मगुरु थेरो सुमेधा, आर्या समाज सिंगापुरका अध्यक्ष ओमप्रकाश राईलगायत रहेका छन् ।

सो कार्यक्रममा बोल्दै पूर्वमन्त्री आलेले आफूलाई विश्वका विभिन्न देशका विशिष्ट व्यक्तित्वहरूसहित अवार्ड प्रदान गरेकोमा विश्व हिन्दु महासङ्घलाई विशेष धन्यवाद ज्ञापन गर्दै उक्त प्रसिद्ध अवार्डले आफूलाई निकै खुसी लागेको बताए।

उनले आगामी दिनमा पनि आफू हिन्दु सनातन धर्मको रक्षा तथा संवर्द्धनमा लागिपर्ने धारणा पनि सो समारोहमा राखे ।

उक्त समारोहमा भारतको समाजवादी पार्टीका महासचिव हेमानन्द गिरी, विश्व हिन्दु महासङ्घका अध्यक्ष एवं भारतका पूर्वमन्त्री डा आजय सिंहले राजनीति, समाजसेवा तथा आध्यात्मिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका विभिन्न देशका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गर्न पाएकामा उक्त महासङ्घ तथा खाटु श्याम दिल्ली धामका तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *