हिमआँधीको चपेटामा अमेरिका, ७ राज्यमा संकटकाल

News मुख्य समाचार समाचार

हालखबर मिडिया डेक्स,काठमाडौं
पुस–२२ सोमबार ।

अमेरिकामा भीषण हिमपातसहितको आँधीले करोडौँ मानिस प्रभावित भएका छन्।

केन्टकी, भर्जिनिया, वेष्ट भर्जिनिया, केन्सास, अर्कान्सस, न्यूजर्सी र मिसौरीलगायत कयौँ राज्य हिमपातसहितको आँधीबाट प्रभावित भएका छन्।

यी राज्यमा बसोबास गर्ने ६ करोडभन्दा बढी मानिसको दैनिकी कष्टकर बनेको बीबीसीले जनाएका छन् । अत्यधिक हिमपात र आँधी चलेपछि यी राज्यहरुमा संकटकाल घोषणा गरिएको छ।

हिमपातसहितको आँधीका कारण सबैजसो राजमार्ग बन्द भएका छन् भने हजारौँ उडान ठप्प भएका छन्। स्थानीय प्रशासनहरुले सडकमार्फत् यात्रा नगर्न चेतावनी दिएका छन्। विद्यालयहरु बन्द गरिएको छ।

अत्याधिक हिमपातपछि ती राज्यहरुको न्यूनतम तापक्रमण दश वर्षयताकै कम विन्दुमा झरेको छ । केन्सास र मिसौरी सबैभन्दा बढी प्रभावित भएका छन्। यी ठाउँमा १० इन्चसम्म हिउँ जमेको छ। मौसम विभागले देशको मध्यदेखि पूर्वी तटसम्मका लगभग ३० राज्यको अवस्था गम्भीर हुने आशंका गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *