हालखबर मिडिया डेक्स,काठमाडौं
माघ–७ सोमबार ।
प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी युद्धविरामको पहिलो चरणमा नछुट्ने हुनुभएको छ ।
युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची सार्वजनिक हुँदा विपिनको नाम समावेश छैन । हमासले ३३ जनाको सूचीबाट तीन जनालाई युद्धविराम सम्झौता लागू भएसँगै रिहा गरेको छ । युद्धविरामको दोस्रो र तेस्रो चरणको कार्यान्वयनका विषयमा पहिलो चरणको १६ औं दिनदेखि थप छलफल गरिने सम्झौतामा उल्लेख छ ।
नेपाल सरकारले हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि कुटनीतिक पहल गर्दै आएको छ । विपिनको परिवारमा विपिन फर्किने आशा पलाएको छ । युद्धविरामपछि पहिलो चरणमा विपिनको नाम समावेश नभए पनि दोस्रो चरणमा विपिनको रिहाइ हुने आशा परिवारमा छ ।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायमा अध्ययनरत ४९ जना विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए । त्यहाँ गएको एक महिना नहुँदै इजरायलको दक्षिणी क्षेत्रको अलिमुम किबुजमा हमास समूहले आक्रमण गरेको थियो ।
आक्रमणमा १० जना विद्यार्थीको ज्यान गएको थियो भने विपिन जोशीलाई हमास समूहले नियन्त्रणमा लिएको थियो । त्यति बेलादेखि विपिनको अवस्था थाहा हुन सकेको छैन ।
विपिनका लागि सरकार गम्भीर भएर लागेको गृहमन्त्री रमेश लेखकले बताउनुभयो । ‘सरकारसँग प्राप्त सूचनाअनुसार विपिन हमासको नियन्त्रणमा सुरक्षित छन, विपिनको रिहाइका लागि सरकार गम्भीर भएर लागेको छ,’ गृहमन्त्री लेखकले भन्नुभयो, ‘अहिले हमास–इजरायल युद्धविराम भएको छ, हामी विपिनको सकुशल रिहाइ हुने आशामा छौँ ।’उहाँले विपिनको रिहाइका लागि सरकारले कूटनीतिक पहल गरिरहेको बताउनुभएको छ ।

Logging into ph3333casinologin was uncomplicated. Zero hassles. Here’s the link to give access!: ph3333casinologin.
Found this gem while looking for a fresh gaming spot and I am really glad I clicked through. The game selection is massive and the loading times are incredibly quick even during peak hours. I appreciate how straightforward the terms are and how easy it is to navigate through different categories. vn123b02