काठमाडौंमा बदली, तराईमा हुस्सु र कुहिरो

News मुख्य समाचार समाचार

हालखबर मिडिया डेक्स,काठमाडौं
माघ १३ आइतबार ।


पश्चिमी वायुको सामान्य प्रभावले कोशी, बागमती र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली। तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने सम्भावना छ। मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम मुख्यतया सफा रहनेछ। काठमाडौंमा पनि दिनभरि आंशिक बदली हुनेछ।

काठमाडौंको न्यूनतम तापक्रम शनिबारको तुलनामा आइतबार बढेको छ। ​महाशाखका अनुसार बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन भएको छ।

शनिबार न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन भएको थियो। आइतबार बिहान काठमाडौंको आकाश बादलले ढाकेका कारण न्यूनतम तापक्रम केही बढेको महाशाखाले जनाएको छ। चिसो महसुस भए पनि बादलले आकाश ढाकेकाले तापक्रम बढेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिए।

काठमाडौंमा अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसबीच रहने अनुमान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *