मानव सेवा फाउण्डेसन सहित दर्जनौं संघसस्थाको पहलमा पशुपति क्षेत्रमा वृहत सरसफाई कार्यक्रम सम्पन्न

News

२०८२ असार २१ गते शनिवार

सनिवार (आज) पशुपति क्षेत्रमा नमूना संस्कृतिक डबली कार्यक्रमको विशेष आयोजनामा वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । मानव सेवा फाउण्डेसन नेपाल लगायतका अन्य सामाजिक संघसस्थाको सहभागीतामा सरसफाई कार्यक्रम आयोजना गरिएको थियो । नमूना संस्कृतिक डबली कार्यक्रमको विशेष आयोजनामा सुरु भएको कार्यक्रममा सम्पूर्ण पशुपति क्षेत्र नै सरसफाई गरिएको थियो ।

सरसफाई कार्यक्रममा मानव सेवा फाउण्डेसन नेपालका करिब एक सय भन्दा बढी सदस्यहरुको सहभागीता रहेको थियो । त्यस्तै मानव सेवा फाउण्डेसन नेपाल,एकता होटेल तथा गेष्ठ हाउस व्यवसायि संघ,पशुपति सम्पदा बचाउ अभियान, सामूदायिक प्रहरीसेवा केन्द्र चावहिल,जय महांकाल युवा समूह,शान्तिपथ टोल सुधार समिती,दोल्खा तेक्वान्दो संघ, नमूना कार्यक्रम नेपाल, तिलगंगा महिला समूह लगायत संघसस्थाका प्रतिनीधीको सहभागीतामा रहेको थियो ।

मानव सेवा फाउण्डेसनले लामो समयदेखी नै यस्ता सरसफाई लागाय कोटिहोम लगायत धार्मिक अनुष्ठान पनि गर्दै आएको छ । पशुपति क्षेत्रमा पनि आगामी श्रावण १ गते देखि ऐतिहासिक श्री पशुपति मनकामना पूर्ती तथा संकट मोचन विराट ज्ञान महायज्ञको आयोजना गर्न लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *