भारतमा रेल दुर्घटना मा ४ नेपालीको मृत्यु

हालखबर मिडिया डेक्स,काठमाडौंमाघ–१०,बिहिबार । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ। मृतकमध्ये चार जना नेपाली पनि रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका हुन्। रेलवेका जनसम्पर्क अधिकारीका अनुसार पुष्पक एक्सप्रेसका यात्रीबीचमा रेलमा आगो लागेको अफवाह फैलिएको थियो। त्यसपछि रेलको चेन खिचेर रोकेर यात्रीहरु उत्रिएका थिए। सोही समयमा अर्कोतर्फबाट बेंगलुरुदेखि दिल्ली जाँदै गरेको कर्नाटक […]

पुरा पढ्नुहोस्

मोटरसाइकल दुर्घटना हुँदा तनहुँमा आमाछोराको मृत्यु

हालखबर मिडिया डेक्स,काठमाडौंमाघ–८,मंगलबार । तनहुँमा आज एकाबिहानै मोटरसाइकल दुर्घटना हुँदा आमाछोराको मृत्यु भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका(१२ बेलभन्ज्याङमा गण्डकी प्रदेश०३(००१ प ०३१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा आमाछोराको मृत्यु भएको हो । दमौलीबाट डुम्रेतर्फ जॉदै गरेको उक्त मोटरसाइकल अनियन्त्रित भई सडकबाट खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । उक्त दुर्घटनामा परेर तनहुँको […]

पुरा पढ्नुहोस्

स्ववियु निर्वाचन चैत ५ गते गर्ने सहमति

हालखबर मिडिया डेक्स,काठमाडौंमाघ–८,मंगलबार । त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ । त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले उक्त निर्णय गरेको परिषद्का सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए । यसअघि त्रिविको शैक्षिक क्यालेन्डरमा स्ववियु निर्वाचन फागुन १५ गते गर्ने […]

पुरा पढ्नुहोस्

गाडी दुर्घटनमा मधेश प्रदेशका स्वास्थ्य मन्त्री सिंह घाइते

हालखबर मिडिया डेक्स,काठमाडौंमाघ–८ मंगलबार । दुई सरकारी गाडी ठोक्किएर भएको दुर्घटनमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह घाइते हुनुभएको छ । गएराति साढे ९ बजेतिर जनकपुरधामको रामानन्द चोकमा मन्त्री सिंह चढेको मधेश प्रदेश ०२–००१ झ ०१६५ नम्बरको गाडी र प्र ०३–००१ झ ००९६ नम्बरको गाडी ठोक्किएका हुन् । दुर्घटनामा घाइते हुनुभएका मन्त्री सिंहको प्रादेशिक […]

पुरा पढ्नुहोस्

हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी पहिलो चरणमा नछुट्ने

हालखबर मिडिया डेक्स,काठमाडौंमाघ–७ सोमबार । प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी युद्धविरामको पहिलो चरणमा नछुट्ने हुनुभएको छ । युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची सार्वजनिक हुँदा विपिनको नाम समावेश छैन । हमासले ३३ जनाको सूचीबाट तीन जनालाई युद्धविराम सम्झौता लागू भएसँगै रिहा गरेको छ । युद्धविरामको दोस्रो र तेस्रो चरणको […]

पुरा पढ्नुहोस्

खो–खो विश्वकपको पुरुषतर्फ पनि नेपाल उपविजेता

हालखबर मिडिया न्युज डेक्स,काठमाडौंमाघ ७ सोमबार । खो–खो विश्वकपको पुरुषतर्फ पनि नेपाल उपविजेता बनेको छ । भारतको नयाँदिल्लीमा भएको फाइनल खेलमा घरेलु टोलीसँग ५४-३६ अंकले पराजित हुँदै नेपाल उपविजेतामा सिमित भएको हो । पहिलो टर्न २६–० ले पछि परेको नेपाल दोस्रो टर्नमा १८ अंक जोड्दै अग्रतालाई घटाएको थियो । तेस्रो टर्नमा भारतले अग्रता बढाउदै ५४-१८ […]

पुरा पढ्नुहोस्

ट्रकले ठक्कर दिँदा मोटरसाईकलमा आगलागी, जलेर चालकको मृत्यु

हालखबर मिडिया डेक्स,काठमाडौंमाघ–४,शुक्रबार । दोलखामा ट्रकको ठक्करबाट मोटरसाइकलमा आगलागी हुँदा जलेर चालकको मृत्यु भएको छ। दोलखाबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ०५३४ नम्बरको मालबाहक ट्रकले विपरीत दिशामा जाँदै गरेको बागमती प्रदेश ०२–०३३ प ७३०६ नम्बरको मोटरसाइकललाई लामोसाँघु जिरी सडक खण्डको ८ किलो नजिक ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट मोटरसाइकलमा आगलागी भएको र जलेर […]

पुरा पढ्नुहोस्

गायिका एलिना चौहानको डिभोर्सको हल्ला

हालखबर मिडिया डेक्स,काठमाडौंमाघ–४,शुक्रबार । सामाजिक संजाल टिकटकमा गायिका एलिना चौहानको डिभोर्सको हल्ला छ्याप्तछ्याप्ती छ । गायिका चौहान र उनका पति विष्णु सापकोटाको डिभोर्स हुन लागेको चर्चा चुलिएको छ । तर, यस बिषयमा अहिलेसम्म गायिका चौहानले केही पनि बताएकी छैनन् । एलिना ५ महिनादेखि नेपालमा छिन् । उनका पति सापकोटा अष्ट्रेलियामा छन् । नेपाल आउने वित्तिकै […]

पुरा पढ्नुहोस्

लमजुङका युवकसँग भोलि लगनगाँठो कस्दै मेलिना राई

हालखबर मिडिया डेक्स,काठमाडौंमाघ–३ बिहिबार । गायिका मेलिना राईले लगनगाँठो कस्ने भएकी छन् । लमजुङका गुरुङ थरका युवकसँग उनको विवाह हुन लागेको निकटस्थ स्रोतले बतायो । स्रोतका अनुसार उनीहरूले छोटो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । हालै उनीहरूको इन्गेजमेन्ट भएको छ । उनीहरूले जातीय पहिरनमा इन्गेजमेन्ट गरेको तस्बिर र भिडिओहरू सार्वजनिक भएका छन् । भोलि […]

पुरा पढ्नुहोस्

रवि लामिछानेको मुद्दामा आज पनि थुनछेक बहस

हालखबर मिडिया डेक्स,काठमाडौंमाघ २ बुधबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ । यसअघि सोमबार बहस नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखिएको थियो । मंगलबार सार्वजनिक बिदा भएकोले हेर्दाहेर्दैमा रहेको थुनछेक बहस आज पनि जारी रहने भएको हो । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सोमबार लामिछानेको […]

पुरा पढ्नुहोस्