त्रिविले बनाउन थाल्यो नेपाली र अंग्रेजी दुवै भाषामा प्रश्नपत्र

News मुख्य समाचार शिक्षा समाचार

हालखबर मिडिया डेक्स,काठमाडौं
पुस–२१,आइतबार ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्नातक तहमा अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउन थालेको छ। त्रिविले स्नातक तह प्रथम वर्षको परीक्षामा दुवै भाषामा प्रश्नपत्र बनाउन थालेको हो।

यसअघि अंग्रेजी भाषामा मात्रै प्रश्न पत्र बनाउँदा विद्यार्थीहरूलाई प्रश्न बुझ्न गाह्रो भएको भन्दै दुवै भाषामा प्रश्नपत्र निर्माण गर्नुपर्ने माग उठेको थियो। पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले नेपाली र अंग्रेजी दुवै भाषामा प्रश्नपत्र निर्माण गर्नुपर्छ भन्दै सशक्त आवाज उठाएकी थिइन्।

त्यसपछि त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको २०८० साल चैत १५ गते बसेको बैठकले प्रथम वर्षको परीक्षादेखि नै अनिवार्य रूपमा लागू गरी क्रमशः दोस्रो‚ तेस्रो र चौथो वर्षमासमेत लागू गर्ने निर्णय गरेको थियो।

सोहीअनुसार त्रिविले दुवै भाषामा प्रश्न निर्माण गर्ने व्यवस्था गरेको हो। उक्त निर्णय कार्यान्वयनपछि सामाजिक सञ्जालमा विद्यार्थीहरूले खुशी व्यक्त गरेका छन्। अहिले स्नातक तह प्रथम वर्षको परीक्षा चलिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *