पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात

News

हालखबर मिडिया डेक्स ,काठमाडौं
पुस–२४,बुधबार ।

सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा मङ्गलबार साँझदेखि हिमपात भएको छ । तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने तीर्थस्थल पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ ।

पाथीभरा मन्दिर जाने पदमार्गअन्तर्गत फेदीको बस्तीसहित सोभन्दा माथि हिमपात भइरहेको फेदीस्थित प्रहरी चौकीका हबल्दार मिलन कटुवालले जानकारी दिए । हिमपात भए पनि जनजीवनमा सामान्य रहेको उनले बताए ।

यसपटक लामो समयपछि जिल्लाको केही ठाउँमा सामान्य वर्षा भएको हो । हिउँद लागेपछि लामो समयसम्म पानी नपर्दा हिउँदे बालीनाली लगाएका किसानलाई भने समस्या भइरहेको थियो । समान्य वर्षा र हिमपात हुन सुरु भएपछि भने यसले केही राहत पुग्ने किसानले बताएका छन् ।

केही दिनयता चिसो बढेसँगै पाथीभरामा तीर्थयात्रीको आगमनको सङ्ख्या घटेकोे पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए । बर्सेनि हिउँ परेपछि भने पाथीभरामा आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्ने गरेको छ ।

3 thoughts on “पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात

  1. Honestly the simplest onboarding process I have seen in a long while. Just plugged in my details and started exploring right away with zero confusing steps. The support chat is quick and speaks your language which makes everything so much easier. bdb88

  2. I have tried several platforms over the years and this one keeps me coming back for its consistent payouts and fair gameplay. The team really listens to feedback and updates the catalog regularly. It is refreshing to find a site that actually cares about its community. mygempak99

  3. Every time I log in I feel like I am stepping into a cozy lounge where the entertainment never stops. The game variety is impressive, the loyalty rewards actually matter, and withdrawals are processed with genuine care. I recommend this spot to anyone who wants a relaxed and rewarding session. Come join the fun at coparacasino

Leave a Reply

Your email address will not be published. Required fields are marked *