हालखबर मिडिया डेक्स,काठमाडौं
पुस–२८,आइतबार ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जिल्ला अदालत काठमाडौंमा हाजिर हुँदैछन् ।
लामिछानेको सचिवालयका अनुसार उनी आज बिहान अदालतमा उपस्थित हुन लागेका हुन् ।यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतले उनलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशसँगै उनी ८४ दिनपछि हिरासतमुक्त भएका थिए ।