२०८२ सालमा कुन कुन दिन छ बिहेको साइत ?

News

आगामी वर्ष विवाहको तयारीमा रहेकाहरूलाई चासो छ, कुन(कुन दिन होला साइत ९मुहूर्त्त०रु पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा स्वीकृतिप्राप्त २०८२ सालको पात्रो बजारमा आएसँगै जिज्ञासा मेटिने भएको छ।

आगामी वर्ष वैशाखमा सबैभन्दा धेरै अर्थात् १२ दिन साइत छ। जेठमा आठ दिन विवाहको साइत छ। यो वर्ष जेठ २९ गते वृहस्पति अस्त हुने भएकाले असारमा विवाहको साइत छैन। बृहस्पति असार २२ गते मात्र उदय हुने भएकाले त्यो महिनामा मुहूर्त्त ननस्किएको समितिका अध्यक्ष प्रा। श्रीकृष्ण अधिकारीले जानकारी दिए।

सनातन समाजमा चतुर्मासभर विवाह गरिँदैन। यसकारण साउनदेखि कात्तिक महिनासम्म विवाहका साइत निकालिँदैन।

२०८२ सालको मंसिरमा सातवटा साइत छ। यस्तै माघमा तीन र फागुनमा ९ वटा साइत रहेको पञ्चाङ्गमा उल्लेख छ। मङ्सिरको २७ गते पुनः बृहस्पति अस्त भई माघ १५ गते मात्र उदय हुने भएकाले यी दुई महिनामा पनि धेरै साइत नभएको अधिकारी बताउँछन्।

अहिले चलनमा रहेको ज्योतिषशास्त्रअनुसार पुस र चैतमा पनि विवाहको साइत निकालिँदैन।

हेर्नुहोस् २०८२ सालमा कुन(कुन दिन छ विवाहको साइत रु

वैशाख

१, ३, ५, ७, ८ १६, १७ २२, २३, २८ ३० र ३१ गते।

जेठ

१, २, ३, १४, १८, १९, २४ र २५ गते।

मङ्सिर

५, ८, १३, १४, १८, १९ र २० गते।

माघ

२१ २२ र २७ गते।

फागुन

८, १२, १३, १४ २५, २६, २७, २८ र ३० गते।

व्रतबन्धको साइत

२०८२ सालमा वैशाख ५, १९ र २४ गते व्रतबन्धको साइत छ। माघमा साइत छैन। समितिका अध्यक्ष अधिकारीका अनुसार बृहस्पति अस्तकै कारण माघमा व्रतबन्धको साइत ननिस्किएको हो।

फागुन ७, १४ र १५ गते तथा चैतको ६ र १५ गते व्रतबन्धको मुहूर्त्त रहेको पञ्चाङ्गमा उल्लेख छ।

4 thoughts on “२०८२ सालमा कुन कुन दिन छ बिहेको साइत ?

  1. Okay, bdggameaviator. The Aviator game is super addictive! Spent way longer on there than I planned. Graphics are good, payouts seem fair. Just be careful, it’s easy to lose track of time (and money!). For Aviator fans, bdggameaviator is the place to be.

  2. Hey, ever heard of bullsbet? It’s one of those platforms you should check to compare odds, don’t stick to just one thing, lads! Worth a look See what you think! bullsbet

Leave a Reply

Your email address will not be published. Required fields are marked *