भारतका पूर्वप्रधानमन्त्री सिंहको निधन

News


हालखबर मिडिया डेक्स,काठमाडौं
पुस–१२,शुक्रबार ।


भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ।
उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याका कारण उनको लामौ समयदेखि उपचार भइरहेको थियो र बिहीबार घरमा अचानक बेहोश भएका उनलाई बेलुकी ८ः०६ बजे नयाँ दिल्लीस्थित एम्समा मेडिकल इमर्जेन्सीमा लगिएको थियो। र राति ९ः५१ बजे उनलाई मृत घोषणा गरिएको हो ।

सन् १९३२ मा पञ्जाबमा जन्मिएका मनोमोहन सिंहले सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतको प्रधानमन्त्री रहे। सन् २००४ को लोकसभा चुनावमा अटल बिहारी बाजपेयी नेतृत्वको एनडीएविरुद्ध कंग्रेसले विजय हासिल गरेपछि उनले पहिलो पटक सन् २००४ मा प्रधानमन्त्री पदको शपथ लिएका थिए।

उनले सन् २००९ देखि २०१४ सम्म दोस्रो कार्यकाल सम्हालेका थिए। उनले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जिम्मेवारी सुम्पिएका थिए। सिंहले ३३ वर्ष सेवा गरेपछि यसै वर्षको शुरुमा अवकाश विश्राम लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *