चर्चा अनि विवादमा ‘नमस्ते ढोगदिया’

मुख्य समाचार समाचार

हालखबर मिडिया डेक्स,काठमाडौं
पुस–२०,सनिवार ।


दुई दिनअघि सार्वजनिक भएको ‘नमस्ते ढोगदिया’ बोलको म्युजिक भिडियो विवादमा आएको छ । रमेश परियारको शब्द एवं कविता खत्री र खेम सेन्चुरीको आवाजमा रहेको उक्त गीतमा ‘‘ढोगदिया’ शब्दको दुरुपयोग गरिएको भन्दै सरोकारवालाले आपत्ति जनाएका हुन् ।

शुक्रबार देउडा संस्कृति संरक्षण प्रतिष्ठान धनगढी उपमहानगरपालिका–८, कैलालीले ‘ढोग दिया’ शब्दको दुरुपयोग भएको भन्दै प्रेस विज्ञप्ति नै जारी गरेर आपत्ति जनाएको हो।

‘हाम्रो मौलिकता, संस्कार र भाषा– संस्कृतिलाई होच्याउने गीत–संगीतप्रति खेद प्रकट गर्दै कुनै भूगोल विशेष, क्षेत्र र सम्प्रदाय वा जातजाति तथा समुदायसँग जोडिएको मौलिक, कला, संस्कृति, परम्पराका साथसाथै पूजनीय संस्कार र संस्कृतिलाई अपहेलना गर्ने होच्याउने खालका गीत–संगीतप्रति घोर आपत्ति जनाउँदै सम्बन्धित निकायहरूमा समेत ध्यानाकर्षण गर्दछौँ,’ प्रतिष्ठानका अध्यक्ष ध्रुवबहादुर सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

मौलिकता सभ्यता र संस्कारसँग जोडिएका ओजपूर्ण शब्दहरूलाई शिष्टताको खिल्ली उडाउने र अपहेलित गर्ने गरी दुरुपयोग तथा दिन–प्रतिदिन काली–कर्णालीको संस्कारको बेइज्जत हुनेगरी विभिन्न सामाजिक सञ्जालमा प्रकाशन–प्रसारण गरिँदै आएका अपाच्य गीत, संगीत वा सामाजिक सञ्जालमा रहेका विषयवस्तुप्रति पनि प्रतिष्ठानले गम्भीर आपत्ति जनाएको छ।

‘ढोग दिया’ शब्द सुदूरपश्चिम र कर्णाली प्रदेशमा आफूभन्दा सम्मानित व्यक्तिलाई आदर र सम्मानका लागि प्रयोग गर्ने गरिन्छ।

केही वर्षअघिदेखि टिकटकमा छाएकी ‘मिस पबी’ ९पवित्रा साकी०ले यो शब्द प्रयोगमा ल्याउने गरेकी थिइन् । त्यसअघि कर्णाली तथा सुदूरपश्चिममा मात्रै प्रयोग हुने गरेको ‘ढोगदिया’ शब्द पछिल्लो समय भने अर्का टिकटकर आयुषसिंह ठकुरीकी आमा नानुसिंह ठकुरीले चर्चामा ल्याएकी हुन् । आफ्ना छोरा–बुहारीसँगको विवादको विषयमा टिकटकमा प्रस्ट्याउने क्रममा उनले अभिवादनका क्रममा सो शब्द प्रयोग गर्दै आएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *