रवि लामिछानेलाई छुटाउन आज सोविता गौतमले बहस गर्ने

News मुख्य समाचार समाचार

हालखबर मिडिया डेक्स,काठमाडौं
पुस–२२ सोमबार ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा सोमबार रास्वपा सभापति रवि लामिछानेका वकिलले बहस गर्ने भएका छन्।

सात प्रतिवादीविरुद्ध जारी थुनछेक बहसमा आइतबारसम्म गोरखा मिडिया नेटवर्कका पूर्वसञ्चालक पूर्व डीआईजी छविलाल जोशी तथा लीला पछाईका तर्फबाट बहस भएको छ। न्यायाधीश नितिज राईको इजलासमा जारी थुनछेक बहसमा जोशीका तर्फबाट ६ जना कानून व्यवसायीले वकालतनामा लेखाएका छन्। यसमध्ये वरिष्ठ अधिवक्ता शम्भु थापाको बहस सकिएको छ भने पाँचजनाको बाँकी छ ।

उनीहरूले बहस गर्न चाहेमा लामिछानेका तर्फबाट त्यसपछि मात्रै बहस शुरु हुने जिल्ला अदालतल कास्कीका श्रेस्तेदार राजन खनालले बताए। लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, रमण श्रेष्ठ र रास्वपा नेतृसमेत रहेकी अधिवक्ता सोविता गौतम लगायतले बहस गर्दैछन्।

लामिछानेपछि रामबहादुर खनाल, मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङका कानून व्यवसायीको बहस हुनेछ। प्रतिवादीका तर्फबाट बहस सकिएपछि सरकारी वकिलबाट जवाफी बहस हुनेछ। त्यसपछि मात्रै न्यायधीशले प्रतिवादीहरूलाई साधारण तारेख वा धरौटीमा छाड्ने अथवा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्नेछन्।

वकालतनामा गरेका वकिलको संख्या धेरै हुँदा आदेश आउन अझै केही दिन लाग्ने देखिएको छ ।

3 thoughts on “रवि लामिछानेलाई छुटाउन आज सोविता गौतमले बहस गर्ने

  1. This platform makes my casual gaming routine so much better. The login works perfectly every time and I like how the promotions change regularly to keep things fresh. It is rare to find a site that balances fun with actual reliability like this does. 26phspincasinologin

  2. Downloading the app was so easy and it runs better than I expected on my phone. The Jili games are smooth and the cash out process is surprisingly quick. I love that I can track all my activity in one place without any confusion. It has quickly become my favorite mobile gaming spot. jili333appdownloadapk

  3. I used to struggle with slow servers but this platform keeps my experience completely lag free every single time. The live dealer section is top notch and the promotions keep getting better every month. Log in via megabahisgiris to feel the real excitement megabahisgiris

Leave a Reply

Your email address will not be published. Required fields are marked *