हालखबर मिडिया डेक्स,काठमाडौं
पुस–२४,बुधबार ।
सेतो मछिन्द्रनाथको महास्नान मंगलबार काठमाडौंको केलटोलस्थित जन बहाः परिसरको विशेष मण्डपमा विधिपूर्वक गरिएको छ।
शोभा भगवतीबाट ल्याएको शुद्ध जलले सेतो मछिन्द्रनाथलाई बज्राचार्य गुरूबाट स्नान गराइएको हो। यस कार्यलाई स्थानीय भाषामा ‘न्हवं’ वा ‘धलिँ लुइगुँ’ भनिन्छ ।
हरेक वर्षको पोहेलाथ्व अष्टमीका दिन मछिन्द्रनाथलाई महास्नान गराइन्छ। मछिन्द्रनाथ देवताले लगाएका सबै आभूषण, गरगहना तथा लुगाहरू फुकालिन्छ। त्यसपछि दुध, घ्यु, मह, तातो पानी, चिसो पानीले तान्त्रिक विधि अनुसार नुहाईदिने गरिन्छ। नुहाई दिने र पछि रंगहरु लगाई सजाउने सम्पूर्ण गतिविधि मन्दिरकै पूजारीले गर्छन्।
मछिन्द्रनाथलाई वर्षा र सहकालको देवताको रुपमा मानिन्छ। हिन्दु तथा बौद्धमार्गी सबैले मान्दै आएको सेतो मछिन्द्रनाथलाई करूणामय, अवलोकितेश्वर र जमलेश्वरको नामले पनि चिनिन्छ।
सेतो मछिन्द्रनाथलाई यसरी नुहाईदिँदा समस्त मानवजातिमा परिवर्तन र नयाँ उर्जा प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको पाइन्छ।

This app completely changed how I enjoy mobile gaming. The graphics are crisp, the loading times are nearly zero, and I actually enjoy the daily login bonuses more than most places. It feels like they truly listen to player feedback when rolling out updates. 777sxwin
I have been searching for a trustworthy platform for a while and this one truly stands out. The bonuses are fair and withdrawals never get stuck at my end. It feels like a community that actually cares about its members. Visit br20winbet
I have tested dozens of platforms and this one stands out for its transparency and smooth operations. Deposits clear instantly and the game library covers everything I enjoy playing. A solid choice for anyone who wants a hassle free environment to focus on what matters. pkbet905