हालखबर मिडिया डेक्स
माघ २४,बिहिबार ।
कास्कीको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका १०÷११ घान्द्रुकमा तेस्रो घान्द्रुक पर्यटन महोत्सव फागुन ७ देखि १० गतेसम्म हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिले बुधबार पोखरामा पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिएको हो ।
महोत्सवमा क्लबस्तरीय पुरुष भलिबल, बास्केटबल, भेन्ट्रान्स भलिबल, घोडादौड, छेलो लगायतका प्रतियोगिता आयोजना गरिएको घान्द्रुक पर्यटन महोत्सवका संयोजक अमृत गुरुङले जानकारी दिए ।
उनका अनुसार क्लबस्तरीय भलिबल र खुल्ला बास्केटबल प्रतियोगिताको विजेताले क्रमशः १ लाख २२ हजार २ सय २२ र उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडर र प्रमाणपत्र प्राप्त गर्ने गुरुङले जानकारी दिए ।
प्रतियोगिताको दुवै विधामा सेमिफाइनलबाट बाहिरिने दुवै समूहलाई नगद १०र१० हजार पुरस्कार प्रदान गर्ने गुरुङले जानकारी दिए । क्लबस्तरीय भलिबल प्रतियोगितामा आठौं र नवौं प्रतियोगितामा खेलेका २ जना खेलाडी मात्र समावेश गर्न पाईने आयोजकले जनाएको छ ।
यस्तै महोत्सवमा आयोजित भेन्ट्रान्स भलिबल प्रतियोगिताको बिजेताले नगद ३० हजार उपविजेता टिमले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
भेन्ट्रान्स भलिबलमा सहभागिताका लागि एक समूहलाई ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । यस्तै महोत्सवमा आयोजित घोडादौड प्रतियोगितामा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार पुरस्कार प्राप्त गर्नेछन् ।
महोत्सवको पत्येक साँझ सास्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिएको आयोजकले जनाएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका १०र११ स्थित घान्द्रकमा एकैदिन २ हजार ५ सय पर्यटकलाई राख्न सक्ने क्षमताको ६० वटा होटल र ३० वटा होमस्टे सञ्चालनमा रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए ।

Hey, has anyone tried bet88network? I’m curious to hear about their network and whether there are any exclusive offers or advantages.
Love the vibe of this platform. The graphics are sharp and the gameplay is addictive. I’ve already invited a few friends to join the fun! superace88login
The bonuses are actually generous and not just marketing tricks. I really enjoy the vibe of this site. Big shoutout to pkn99
I have tried many platforms but this one feels more rewarding. The payouts are fair and the support is top notch. Highly recommend vina88vin to everyone.