घान्द्रुक पर्यटन महोत्सव फागुन ७ देखि, पर्यटकलाई महोत्सव अवधिभर २० प्रतिशत छुट

हालखबर मिडिया डेक्समाघ २४,बिहिबार । कास्कीको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका १०÷११ घान्द्रुकमा तेस्रो घान्द्रुक पर्यटन महोत्सव फागुन ७ देखि १० गतेसम्म हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिले बुधबार पोखरामा पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिएको हो । महोत्सवमा क्लबस्तरीय पुरुष भलिबल, बास्केटबल, भेन्ट्रान्स भलिबल, घोडादौड, छेलो लगायतका प्रतियोगिता आयोजना गरिएको घान्द्रुक पर्यटन महोत्सवका […]

पुरा पढ्नुहोस्

आशिका तामाङलाई २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश

हालखबर मिडिया डेक्स,काठमाडौमाघ १९ शुक्रबार भक्तपुर जिल्ला अदालतले आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । आपराधिक उपद्रव गर्न नहुने कसुरमा न्यायाधीश सन्तोष प्रसाद पराजुलीको इजलासले शुक्रबार उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो । साँगास्थित झोलुंगे पुलमा प्रवेश गर्नेहरूसँग सूर्यविनायक नगरपालिकाले २० रुपैयाँ कर संकलन गर्दै आएको थियो । आफूलाई अभियन्ता दाबी […]

पुरा पढ्नुहोस्

चरित्रमा शङ्का गरेको भन्दै एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेद मुद्दा

हालखबर मिडिया डेक्स,काठमाडौंमाघ १९ शुक्रबार गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन् । उनले शुक्रबार वारेसमार्फत जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी हुन् । गत ५ वैशाखमा एलिनाले र अस्ट्रेलिया बस्ने विष्णु सापकोटासँग बिहे गरेकी थिइन् । सापकोटा र चौहानबीच लामो समय प्रेम सम्बन्धपछि बिहे भएको थियो । तर, बिहेपछि अस्ट्रेलिया गएकी चौहान काठमाडौं […]

पुरा पढ्नुहोस्

छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण, होहल्ला भएपछि जोगियो ज्यान

हालखबर मिडिया डेक्स,काठमाडौंमाघ १३,सोमबार । कैलालीको मोहन्याल गाउँपालिका-७ कुइनेमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन्। छाउगोठमा सुतिरहेको अवस्थामा ४० वर्षीया सरस्वती विकलाई बाघले आक्रमण गरेको थियो । आइतबार राति करिब साढे १० बजेको समयमा बाघले आक्रमण गरेको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले जानकारी दिए । उनका अनुसार बाघको आक्रमणले उनको टाउको र मुखमा चोटमा […]

पुरा पढ्नुहोस्

ताप्लेजुङ अपडेटः गोली लागेका ३ जना गम्भीर, प्रहरी पनि घाइते

हालखबबर मिडिया डेक्स,काठमाडौंमाघ–१३,आइतबार । ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध प्रदर्शनका क्रममा भएको झडपमा चार जना प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा चार जना प्रदर्शनकारी घाइते भएका छन् भने झडपमा परेर प्रहरी पनि घाइते भएका छन् । गोली लागेका तीन जनाको अवस्था गम्भीर रहेको छ । केबलकार […]

पुरा पढ्नुहोस्

काठमाडौंमा बदली, तराईमा हुस्सु र कुहिरो

हालखबर मिडिया डेक्स,काठमाडौंमाघ १३ आइतबार । पश्चिमी वायुको सामान्य प्रभावले कोशी, बागमती र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली। तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने सम्भावना छ। मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम मुख्यतया सफा […]

पुरा पढ्नुहोस्

अछाममा शुक्रबारदेखि बेपत्ता २ किशोरी जंगलमा मृत फेला

हालखबर मिडिया डेक्स,काठमाडौं ।माघ–१३ आइतबार । अछाममा शुक्रबारदेखि हराइरहेका दुई किशोरी मृत फेला परेका छन् । ढकारी गाउँपालिका–८ का कमल खड्काकी छोरी ईश्वरी खड्का र सोही ठाउँका उदय खड्काकी छोरी सरस्वती खड्का शनिबार बेलुकी मृत फेला परेका हुन् । उनीहरु दुवै जना वडा नम्बर १ को जंगल क्षेत्रमा शनिबार बेलुका मृत फेला परेका जिल्ला प्रहरी […]

पुरा पढ्नुहोस्

शहीद सप्ताह शुरू

हालखबर मिडिया डेक्स,काठमाडौंमाघ १० बिहिबार । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिने शहीदहरूको सम्झनामा आजबाट शहीद सप्ताह सुरू भएको छ। टेकुस्थित पचलीमा रहेको शहीद शुक्रराज शास्त्रीको सालिकमा माल्यार्पण गर्दै शहीद सप्ताह सुरू भएको हो। सो अवसरमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शहीद शास्त्रीको सालिकमा माला र पुष्पगुच्छा अर्पण गरिन्। तत्कालीन राणा शासकले विक्रम संवत […]

पुरा पढ्नुहोस्

उपत्यकासहितका देशभर तापक्रम बढ्न थाल्यो

हालखबर मिडिया डेक्स,काठमाडौंमाघ–१०,बिहिबार । काठमाडौँ उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ । माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता भने बढी नै तातो महसुस हुन थालेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले पनि अधिकतम तापक्रम बढी नै रहेको र न्यूनतम […]

पुरा पढ्नुहोस्

भारतमा रेल दुर्घटना मा ४ नेपालीको मृत्यु

हालखबर मिडिया डेक्स,काठमाडौंमाघ–१०,बिहिबार । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ। मृतकमध्ये चार जना नेपाली पनि रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका हुन्। रेलवेका जनसम्पर्क अधिकारीका अनुसार पुष्पक एक्सप्रेसका यात्रीबीचमा रेलमा आगो लागेको अफवाह फैलिएको थियो। त्यसपछि रेलको चेन खिचेर रोकेर यात्रीहरु उत्रिएका थिए। सोही समयमा अर्कोतर्फबाट बेंगलुरुदेखि दिल्ली जाँदै गरेको कर्नाटक […]

पुरा पढ्नुहोस्